Samaya| Subani Moktan| Karaoke

Опубликовано: 22 Март 2026
на канале: Subani Moktan
5,236
175

SAMAYA | Karaoke Version
Buy it here: https://noodlerex.com.np/songs/1385/?...

Voice/Music/Lyrics: Subani Moktan
Guitar: Subani Moktan/ Oleksandr Pavlov
Recorded at Studio M by Manzil Bikram K.C.
Video by: Linkinmyth Productions

Follow Subani Moktan on her socials:
Instragram: www.instagram.com/subanimoktan
Tiktok: www.tiktok.com/subanimoktan
Facebook: www.facebook.com/moktan.subani

Lyrics:

साँझ सुनौलो प्रहरमा मेरो मुहारमा छाएको मुस्कान भुलिहाल्दैनौ नि
जुनको प्रकाश मुनि तिमीले लेखेका ती हरफहरु बिलाई जाँदैनन् नि
तिमीलाई अङ्गाल्दा मेरो बास्ना छुटेकै त हो तिम्रो गल्बन्दीमा
आँखा नखोले नि तिम्रो स्पर्श चिनेकै त हो मैले सपनीमा

त्यो गलत समय थियो वा समय गलत थियो
तर माया त माया नै थियो

तिम्रा सबल काँधमा मैले शिर राखी मेरो भार नबिसाएको हैन
बर्षौं भइसक्यो मेरो आवाज तिमीले नसुनेको तर बिर्सिएको छैन
तिमीलाई उठाउने सुर्योदयले हरेक दिन मलाई पनि त छुन्छ
यादले बरालिएर तिम्रो आँखा रसाउँदा मेरो मन पनि रुन्छ

त्यो गलत समय थियो वा समय गलत थियो
तर माया त माया नै थियो

भाग्यले हाम्रो कथा अधुरै छोडे पनि
हामी हिँड्ने बाटो अन्तै मोडे पनि
माया त माया नै हो

त्यो गलत कथा थियो वा कथा गलत थियो
तर हाम्रो कथा त थियो
तर माया त माया नै थियो