घरज्वाई प्रदर्शनको ५१ दिन पुगेको अवसरमा उपसभामुख ईन्दिरा राना मगरको दमदार भाषण ।

Опубликовано: 15 Июль 2026
на канале: Magar Museum
319
36

उपसभामुख ईन्दिरा राना मगरले विविधता भित्रको शुन्दरता र पहिचानहरु नै नेपाललाई विश्वसामु चिनाउने सम्पत्तिहरु भएको भन्दै यस्ता सभ्यताहरुलाई संरक्षण गर्दै नयाँ पुस्तामा समेत हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । चलचित्र घरज्वाई प्रदर्शनको ५१ दिन पुगेको अवसरमा काठमाडौमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उपसभामुख राना मगरले सो कुरा बताउनुभएको हो । कला, साहित्य तथा चलचित्रको माध्यामबाट यस्ता मौलिक संस्कार संस्कृतिको उजागर गर्न र यीनिहरुको संरक्षण र विकासका लागि महत्वपुर्ण भुमिका खेल्ने समेत उहाँले उल्लेख गर्नुभयो ।
सबै जातजाति तथा समुदायको सहकार्यले गर्दा मात्रै मगर कथानक चलचित्र घरज्वाईले यो सफलता पाएको भन्दै नेपालको समृद्धिको लागि पनि सबै समुदायको एकतालाई अझै मजबुत बनाउदै लैजानुपर्ने उहाँको भनाई थियो ।

#nepalifilm
#dayahangrai
#mirunamagar
#gharjwai
#buddhitamang
#indira_rana_magar