[Verse ]
दशैँ आयो हेर तिहार आयो
मनमा सारा बेग्लै उमंग ल्यायो
जाउ हिड हामी पिंग खेल्न जाउँ
साथी भाई सबै मिली रमाऊ
यो रम्ने अनि झुम्ने बेला हो
दशैँ आयो हेर तिहार आयो
मनमा सारा बेग्लै उमंग ल्यायो
[Verse 2]
बर्सेनि आउँने चाड
दुःख पीर सबै छाड
खुसीको उमंग सारा साट
जाऊ हिड हामी टीका लगाई
धेरै थोरै हुन्छ दछिणा समाई
खुसी र भहिलो गाउँन
[Verse 3]
दशैँ आयो हेर तिहार आयो
मनभरि हर्षका बाहार ल्यायो
जाऊ हिड हामी चाङ्गा उडाउ
साथी भाई सबै मिली रमाऊ
यो नाच्ने अनि गाउँने बेला हो