[Verse]
तिम्रो लागि गाएँ मैले मायाको एउटा गीत
यो दुनियामा हुनेछ हाम्रो मायाको अवश्य जित
[Verse 2]
तिमि सामु हुँदाको आभास बेग्लै लाग्दछ मलाई
तिमि टाढा हुँदाको महशुस बिरानाे लाग्दछ मलाई
[Chorus]
समयको कमी छैन मलाई तिम्रो याद गर्नलाई
रत्तीभर कमी छैन मायामा यो मनले सम्भाल्न तिमिलाई
[Verse 3]
बस्न चाहन्छु सदा मुटुमा यसैगरि जसरी फूलमा पात भए सरी
बढ्नेछ शोभा हाम्रो प्रितको गुञ्जनेछ गीत हाम्रो हितको
[Chorus]
मेरो मुटुको धडकन तिमी मेरो जीवनको खास तिमी
हरपल यस्तो लाग्दछ मलाई मेरो शरीरको साँस तिमी
[Bridge]
सपना साँचों रहनु तिमी हरेक पल साथ दिनु तिमी
संसारलाइ बुझ्नै दिँदैनौं तिमी र म भएर एक बनी