GOLBAZAR SATELLITE ZOOM-IN-VIEW

Опубликовано: 26 Август 2026
на канале: ashok shastri
448
17

Golbazar is a municipality in Siraha District in the Madhesh Province of south-eastern Nepal. Golbazar Municipality was formed by merging former VDCs of Asanpur, Jamadaha, Ashokpur Balkawa, Betauna, Durgapur, Lalpur, Muksar, Chandraudyapur, and Chandralalpur under a new local administrative structure implemented by the Government of Nepal. As per the 2011 Nepal census it had a population of 47763 people living in 2500 individual households.

Golbazar Municipality covers an area of 104.5 km². There are 13 wards under Golbazar Municipality. The office of Golbazar Municipality lies in Golbazar (Main Market).

गोलबजार नेपालको दक्षिण-पूर्वी मधेश प्रदेश, सिरहा जिल्लाको एउटा नगरपालिका हो।नेपाल सरकारले लागू गरेको नयाँ स्थानीय प्रशासनिक संरचना अनरुप असनपुर, जमदह, आशोपुर बलकवा, बेतौना, दुर्गापुर, लालपुर, मुक्सार, चन्द्रोदयपुर र चन्द्रलालपुर पूर्व गा.वि.स.हरु गाभिएर गोलबाजर नगरपालिका गठन भएको हो ।गोलबजार नगरपालिका अन्तर्गत १३ वटा वडा रहेको छ ।हाल नगरपालिकाको प्रशासकीय कार्यालय गोलबजारको माँ धमिनी थानको हातामा रहेको छ, जुन साविकको असनपुर गा.वि.स. कार्यालय रहेको स्थानमा रहेको छ । नेपालको जनगणना २०२१ अनुसार यस नगरपालिकामा घर संख्या १०८५३ , परिवार संख्या १३ हजार २ सय १४ मा कुल जनसंख्या ६५२६३ मध्ये पुरुष ३२२५८ र महिला ३३००५ जनसंख्या रहेको छ । यस नगरपालिकामा विभिन्न जातजाती र भाषा-भाषी सामुदायका मानिसहरु वसोबास गरिरहेको छ । यस नगरपालिकाका नगरबासीहरुको जीविकोपार्जनका मुख्य पेशा कृषि, व्यापार र उद्योग पशुपंक्षी पालन रहेकोमा यस नगरपालिकाको मुख्य बजारहरु गोलबजार, चोहर्वा र आशोपुर बलकवा रहेको छ । पृथ्वीको गोलार्धका हिसाबले ८६० १६' ३०" देखि ८६० २४' ३०" पूर्वी देशान्तर र २६०४३' ००" देखि २६० ५३' ३०” उत्तरी अक्षांशमा अवस्थित छ । उत्तर दक्षिण लम्बाइ १४ किलोमिटर र पूर्वपश्चिम चौडाइ ९ किलोमिटर रहेको गोलबजार नगरपालिकाको कुल क्षेत्रफल १११.९४ व.कि.मी. रहेको छ । यस नगरपालिकाको उत्तरमा उदयपुर जिल्ला, पश्चिमतिर मिर्चैया नगरपालिका र नरहा गाउँपालिका दक्षिणमा सुखीपुर र अर्नमा गाउँपालिका रहेका छन् भने पूर्वमा धनगढीमाई नगरपालिका पर्दछ । गोलबजार नगरपालिका पूर्वपश्चिम महेन्द्र राजमार्गको एक खण्डमा पर्दछ । तराइ प्रदेशमा रहेको यस नगरपालिकाको उत्तरमा चुरे भावर क्षेत्र पर्दछ । यहाँको " प्रमाणिक समयक्षेत्र युटिसी (Coordinated Universal Time) +५:४५ हो । क्षेत्रीय सङ्केत +०९७७-३३ हो । नगरपालिकामा नगर प्रमुख, उपप्रमुख, १३ जना वडाध्यक्ष, ८ जना कार्यपालिका सदस्य समेत गरी २३ जनाको कार्यपालिका समिति रहेको छ । साधारण सभामा ७० जना नगर सभाका सदस्यहरू रहेका छन् । नगरपालिकामा स्थानीय सरकार सञ्चालन ऐन, योजना दीग्दर्शन तथा अन्य नीतिमा व्यवस्था भए अनुसार जनप्रतिनिधि पदाधिकारी र कर्मचारी सम्मिलित केही विषयगत समितिहरू गठन भइसकेका छन् र केही गठन हुने क्रममा रहेका छन् । राजस्व परामर्श समिति, विधायन समिति, सुशासन समिति, स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, आर्थिक विकास समिति, विधेयक समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति, सार्वजनिक सेवा तथा क्षमता विकास समिति, न्यायिक समिति, योजना अनुगमन तथा सुपरिवेक्षण समिति आदि गठन भई क्रियाशील भएका छन्। यस नगरपालिकाको सङ्गठन ढाँचा र कर्मचारी दरबन्दी सङ्ख्या नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाडौँको मिति २०७५/०१/०३ मा प्रकाशित सूचना तथा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७४/१२/१४ को निर्णय बमोजिम स्वीकृत स्थानीय तहको अन्तरिम सङ्गठन संरचना बमोजिम कायम भएको हो ।

Credit goes to Google.

‪@nepal‬#nepal
#youtube
#viral