नगद ३ लाख २५ हजार सम्मको पुरस्कार !!! Anupama Bhandari-Actress

Опубликовано: 02 Июнь 2026
на канале: We Will Rise Foundation (WWRF)
287
5

———————————————
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज !!!
नगद ३ लाख २५ हजार सम्मको पुरस्कार !!!
प्रतियोगिता जनवरी १ देखि ३१ मे २०१९ सम्म चल्नेछ ।
Anupama Bhandari-Actress
———————————————-
तपाईका वरपर पर्यटकिय सम्भावना भएरपनि ओझेलमा परेका कुनैपनि स्थान, पर्व, संस्कृति, खानपिन वा अन्यकुनै विषयवस्तु छन् भने ५ मिनेटसम्मको वृतचित्र/डकुमेन्ट्री बनाई हामीलाई पठाउनुहोस्, जसले पर्यटकहरूलाई आकर्षित गर्न सकोस् !!!
——
प्रतियोगिताका नियमहरू.....
-यो प्रतियोगितामा समावेश हुने भिडियो अधिकतम ५ मिनेटको वृतचित्र/डकुमेन्ट्री हुनुपर्नेछ ।
-भिडियो सम्भवत पर्यटकिय सम्भावना भएरपनि ओझेलमा परेका बिषयवस्तुहरु भएमा राम्रो । जस्तो कुनै गाउँ, ठाउँ, चाडपर्व, ग्रामिण पर्यटन, जैविक विविधताको क्षेत्र, जातजातीको संस्कृति, खानपिन, संग्राहलय आदी ।
-वृतचित्र/डकुमेन्ट्री जुनसुकै विषयवस्तुमा निर्माण गर्न सकिने भएपनि विषयवस्तु छनौट गर्दा कुनै एउटमा मात्र केन्द्रित हुनुपर्नेछ ।
-एक व्यक्ति, समूह वा संस्थाले फरक फरक विषयमा केन्द्रित रही एक वा एकभन्दा बढी वृतचित्र/डकुमेन्ट्री निर्माण गर्न सक्नुहुनेछ ।
-भिडियोमा यि ठाउँ र बिषयको जानकारी दिनुका साथै नयाँ पर्यटकहरूलाई आकर्षित गर्न सक्ने किसिमको हुनुपर्छ ।
-भिडियोमा संलग्न गरेको संगीत, दृष्य, सम्वाद निर्माताको मौलिक सिर्जना हुनुपर्छ । अन्य स्रोतवाट झिकेको संगीत, दृष्य र सम्वादलाई प्राथमिकता दिईने छैन ।
-भिडियो निर्माण गर्नु भन्दा अगाडी कुन बिषयमा निर्माण गर्न लागिएको हो सो कुराको जानकारी हाम्रो वेबसाईट wwrf.org.np मा फर्म भरेर दिनुपर्ने छ ।
-यो प्रतियोगिता २०१९ जनवरी १ देखि २०१९ मे ३१ तारिखसम्म चल्ने छ ।
-निर्माण भएको भिडियोलाई गुगल ड्राइभ वा ड्रपबक्समा अपलोड गरेर वि वील राईज फाउण्डेसनको ईमेल [email protected] मा पठाउनु पर्ने छ ।
-यो प्रतियोगितालाई कुनै किसिमको शुल्क लाग्ने छैन ।
-प्रतियोगितामा समावेश भएको भिडियोलाई ५ जनाको निर्णायक समितीले छनोट गरेर विजेता घोषणा गर्ने छन् ।
सम्पर्क :९८१३२०७४८७(निर्मल श्रेष्ठ), ९८४१३५१८१८ (मुकुन्द बोगटी)
#AnupamaBhandari #visitnepal2020 #wewillrise #VideoChallenge #experienceNepal #NepalTourismBoard