Class 11 । Education and Development । शिक्षा र विकास । Model Question । Hari Prasad Dhakal

Опубликовано: 19 Май 2026
на канале: Hari Prasad Dhakal
87,212
1.1k

शिक्षा र विकास (Education and Development )

१. शिक्षाका दुईओटा स्वरुपहरूको नाम लेख्नुहोस् ।
२. अधिकारमा आधारित शिक्षा किन आवश्यक छ ? कुनै दुई कारणहरू लेख्नुहोस् ।
३. दिगो विकास लक्ष्य अन्तर्गतको शिक्षा सम्बन्धी लक्ष्य लेख्नुहोस् ।
४. परम्परागत स्थानीय प्रविधिको रुपान्तरण गर्ने एक व्यावहारिक उपाय लेख्नुहोस् ।
५. सामाजिक न्याय कसरी प्रवर्धन गर्ने कुनै एउटा तरिका लेख्नुहोस् ।
६. समुदायका सीमान्तकृत वर्गको सशक्तिकरणका लागि शिक्षाले खेल्ने एक मुख्य भूमिका पहिचान गर्नुहोस् ।
७. हरित अर्थतन्त्रको कुनै दुई महत्व लेख्नुहोस् ।
८. जीविकोपार्जन भनेको के हो ?
९. शिक्षामा संलग्न कुनै दुई प्रादेशिक संस्थाको नाम लेख्नुहोस् ।
१०. तपाईंको समुदायमा रहेका आयआर्जनका कुनै दुई सम्भावनाहरू लेख्नुहोस् ।
११. शिक्षाको विकासको लागि स्थानीय तहले खेल्ने एउटा प्रमुख भूमिका पहिचान गर्नुहोस् ।
==================================
१२. शिक्षा र विकास बिचको अन्तरसम्बन्ध प्रष्ट्याउनुहोस् ।
अथवा (or)
शिक्षाका कुनै पाँचओटा आयामहरूको एक एक ओटा प्रयोग लेख्नुहोस् ।
१३. जीवनपर्यन्त सिकाइ अभिवृद्धि गर्ने कुनै पाँचओटा व्यावहारिक उपायहरू सुझाउनुहोस् ।
१४. विद्यालय तहको शिक्षामा कार्यकुशल सिप तथा जीवनोपयोगी सिपसम्बन्धी शिक्षा सुनिश्चित गर्ने कुनै पाँच ओटा उपायहरू सुझाउनुहोस् ।
१५. स्थानीय श्रुति परम्पराहरूको कुनै पाँचओटा महत्वहरू उल्लेख गर्नुहोस् ।
१६. सामाजिक न्यायमा आधारित शिक्षाका प्रमुख चार विशेषताहरूको सूची तयार गरी कुनै दुईओटाको छोटकरीमा वर्णन गर्नुहोस् ।
१७. जीविकोपार्जनका लागि शिक्षाले खेल्ने कुनै पाँचओटा भूमिकाहरूको सूची बनाई कुनै दुईको छोटकरीमा वर्णन गर्नुहोस् ।
१८. परिवार, विद्यालय र समुदायबिचको अन्तसम्बन्धको वर्णन गर्नुहोस् ।
अथवा (or)
समुदायमा सञ्चालन हुने शैक्षिक र विकासका गतिविधिमा तपाई कसरी सहभागी हुनुहुन्छ ? उदाहरण सहित लेख्नुहोस् ।
१९. नेपालमा हाल लागू भइरहेको आधारभूत तह (कक्षा १-३) को एकीकृत पाठ्यक्रमको ढाँचा उल्लेख गर्नुहोस् ।
================================
२०. परम्परागत, प्रगतिवादी र आधुनिक शिक्षाबिचको अन्तरसम्बन्धलाई उदाहरणसहित व्याख्या गर्नुहोस् ।
२१. नेपालमा सबैका लागि शिक्षाको पहुँचमा प्रगतिको समीक्षा गर्दै दिगो विकासका शिक्षा सम्बन्धी लक्ष्य पूरा गर्ने व्यावहारिक उपायहरू पहिचान गर्नुहोस् ।
अथवा (or)
नेपालको शिक्षाको अभ्यासलाई कसरी सामाजिक न्यायमा आधारित बनाउन सकिएला ? कुनै चार उपायहरूको छोटकरीमा व्याख्या गर्नुहोस् ।
२२. स्थानीय तहमा रहेका शिक्षामा संलग्न संघसंस्थाहरूबाट लिइने सेवालाई प्रभावकारी बनाउने कुनै चार उपायहरूको छोटकरीमा व्याख्या गर्नुहोस् ।