चरन तथा घाँसे बाली शाखा, खुमलटार
बाख्राको लागी घाँस तालीम
प्राबिधिक अधिकृत श्री चन्द्रकांत मिश्र
मोबाईल ९८४१४०८०७१
email [email protected]
पशुपालन व्यवसायमा बाख्रापालन एक अभिन्न अंगको रुपमा सबै भौगोलिक क्षेत्रका कृषकहरुले अपनाएको पाईन्छ । बाख्रापालन व्यवसायको प्रमुख उद्देश्य मासु उत्पादन गर्नु रहेतापनि उच्च हिमाली क्षेत्रमा सामान ढुवानीको निम्ति समेत बाख्राहरुको प्रयोग हुँदै आएको छ । यस बाहेक बाख्राको छाला, रौँ (पश्मिना) र हड्डीबाट निर्मित विभिन्न सरसामानहरुको उपयोग पनि भइरहेको छ ।
बाख्राको दुधको उपभोग प्रचलनमा नभएपनि बालकको निम्ति प्रभावकारी हुनुका साथै कमलपित्त र क्षयरोग जस्ता रोगको उपचार समेत प्रभावकारी मानिएको छ । शहरीकरणको वृद्धिको साथै पशुजन्य पदार्थको माग बढीरहेको अवस्थामा मागको अनुपातमा उत्पादन वृद्धि गर्नु जरुरी छ । विगतको तुलनामा हालका वर्षहरुमा खसी बाख्राको उत्पादनमा वृद्धि भएतापनि बढ्दो मागलाई पूर्ति गर्न छिमेकी राष्ट्रहरुबाट खसी बोका आयात हुने क्रम जारी छ । बाख्रापालन व्यवसायलाई एक सम्मानित व्यवसायको रुपमा विकास, विस्तार र व्यवसायीकरण गरी आयात प्रतिस्थापन गर्न सम्बन्धित सरोकारवालाहरुको यस तर्फ ध्यान जानु नितान्त आवश्यक छ।
हाल धेरै जना साथीहरूले बाख्रा फर्म खोल्न र त्यसका लागी प्राविधिक कुरा बारेमा विभिन्न कुराहरुको जिज्ञासा राखनु हुन्छ ।
बाख्राको फार्म सुरु गर्दा मुख्य कुरा आफू सग घास कती छ त्यो आधारमा बाख्रा राखनु पर्छ । बाख्राबाट लगानी गरेको २४ महिना पछि बाट मात्रै आम्दानी आउने हुनाले आफ्नो आर्थिक अबस्थाको ख्याल गर्नु पर्छ ।
घास लगाउदा बुट्त्यान खाल्को घास विभिन्न प्रकारको लगाउनु पर्छ।
सुरुमा फार्म सुरु गर्दा बडीमा ३० वोटा माउ बाख्रा हाल्नु पर्छ त्यसको लागि एउटा बोका राखने माउ बाख्रा जहिले पनि स्थानीय जात्को मात्रै राखनु पर्छ । यसो गर्दा त्यो माउबाट जन्मिएका बच्चामा त्यस ठाउँमा सहज हुर्कने , रोगसँग लड्नेलगायत धेरै क्षमता अन्यत्रबाट ल्याएको माउका बच्चामा भन्दा बढी हुन्छ । कतिपय कुरा त जिनमा नै हुन्छन् ।
बोकाको लागि तपाईंलाइ जस्तो खालको मनपर्छ त्यो जातको राखनु पर्छ। नेपालमा पाइने खरी जातको बाख्रा राम्रो खालको छ र बोएर बोका चाही १४०० मि उचाई भन्दा कम भएको ठाउ को लागि उप्युक्त जात हो ।
फार्म सुरु गर्दै सम्पुर्ण बाख्राको बिमा गर्ने , फार्म दर्ता गरेर काम सुरु गर्नु पर्छ। आफ्नो जिल्ला पशु सेवा कार्यालय या नजीकको पशु सेवा केन्द्रमा सम्पर्क गरेर काम गर्नु पर्छ । बाख्राको उत्पादन लागत घटाउने तर्फ ध्यान दिनु पर्छ ।
महामारी रोग पि पि आर विरुद्ध अनिवार्य रूपमा खोप लगाउने, आन्तरिक परजीवी विरुद्ध औसधी खुवाउने।
सिजन अनुसारको घाँस लगाउने।
हाड नाता प्रजनन रोक्ने, राम्रो अनि अशल माउ राखने, नराम्रोको माउ हटाउदै जाने गर्नु पर्छ ।
उत्पादन लागत घटाउने मुल कुरो पोसिलो घाँस नै हो त्यो कुरामा ध्यान दिन बिर्सनु हुदैन घाँसको केही नामावली:-
स्टाइलो, नेपियर, काब्रो, ईपिलईपिल, किम्बु, कोईरालो, राई, कूटमिरो, खस्रेतो, खन्यु, चिउरी, टाँकी, निवारो, बडहर, बकैनो, बाँस, सिमल, अम्लिसो, भटमासे आदि ।
• लोकल कुखुराको व्यवस्थित पालन local kukhura...
#Agroinnovation #बाख्रापालन -#खुमलटार