चौध वर्षअघि तत्कालीन विद्रोही समूह र सरकारबीच दशवर्षे सशस्त्र द्वन्द्व अन्त्य गर्न शान्ति सम्झौता भएको लामो समयपछि बेपत्ता छानबिन र सत्य निरूपणका लागि दुई छुट्टाछुट्टै आयोग बने। तर द्वन्द्वपीडितहरूले अझै आफ्ना मागहरू सम्बोधन नभएको र न्याय नपाएको गुनासो गरिरहेका छन्।
विसं २०६३ साल मंसिर ५ गते राज्यका तर्फवाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र ने.क.पा. माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए।
सम्झौतापछि सेना समायोजन र संविधान लेखनको काम पूरा भए पनि महत्त्वपूर्ण ठानिएको र पीडितसँग प्रत्यक्ष सरोकार राख्ने सङ्क्रमणकालीन न्याय निरूपणको काममा भने खासै प्रगति नभएको बताइन्छ।
कैयौँ द्वन्द्वकालीन घटनाबारे सत्यतथ्य बाहिर ल्याउने, पीडितलाई क्षतिपूर्ति दिने, मानवअधिकार हनन गर्नेलाई कारबाही गर्ने विषयमा केही पनि प्रगति हुन नसकेको पीडित पक्षको भनाइ छ।
सम्झौतामा हस्ताक्षर हुँदा छ महिनाभित्र सत्य निरूपण र मेलमिलाप आयोग गठन गर्ने सहमति भए पनि त्यसको नौ वर्षपछि मात्रै ती आयोगहरू गठन भएका थिए।
Facebook:www.facebook.com/prabidhickaguru
You May Visit My Website for Latest Tech:www.neupaneaashish.com.np
www.prabidhickguru.blogspot.com
I do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners official his video shall be used for educational purposes and also be embedded in the websites. However, uploading it to another YouTube channel is a violation of copyright laws.This video is available only in the Nepali language.ly. If you have any copyright issues with our uploaded videos, please contact us to avoid confl.
#neplai_streamer #explore #educationalvideo #google #youtube#1million