आश्विन ११ र १२ मा नेपालमा भीषण वर्षा भएको थियो, जसले ठूलो पहिरो र बाढी निम्त्यायो। धेरै घर र सम्पत्ति नराम्ररी प्रभावित भएको छ। भीषण वर्षापछि खानेपानीको अभाव भएको छ । ट्याङ्करबाट आपूर्ति हुने पानी उपभोगका लागि सुरक्षित छैन । त्यसैले क्लोरिन वा पियुष (वाटर प्युरिफायर) प्रयोग नगर्ने हो भने पिउनुअघि पानी उमालेर खाने सल्लाह दिइन्छ। यदि तपाईलाई पियुष वा क्लोरीन पाउडर सित्तैमा चाहिन्छ भने, तपाईले नजिकको स्वास्थ्य चौकीमा सम्पर्क गर्न सक्नुहुन्छ।