Newton babu song

Опубликовано: 07 Август 2026
на канале: learn with Anjal
123
3

न्युटन बाबु

स्याऊको ठुलो रुख मुनि न्युटन बाबु बसेको
स्याऊको दानो एक्कासि टाउकैमाथि खसेको
"किन झर्यो स्याऊ तल?माथि किन गएन !
उत्तर छैन केहि पनि,पत्ता नलाई भएन।"

खोज्न थाले न्युटनले बलका नियम थाहा पाए
"प्रकाशमा सात ओटा रङ्ग छन्" भन्ने पत्ता लाए।
गणित अली कम भाे कि! भन्ने मनमा लागेर
खोज्दै जाँदा प्रश्नले "क्याल्क्युलस" नै मागेछ।

"गुरुत्वको सिद्धान्त" सबका अघि सारेछन्
"सोही बलले स्याऊ खस्छ" भन्ने प्रकाश पारेछन्
"गुरुत्वको दाँजोमा बल यदि धेर भए
धरती छोड्छ रकेटले", मानव चन्द्रमा गए।
पत्ता लाग्यो है,ए हजुर पत्ता लाग्यो है,
“गुरुत्वको कारणले स्याउ खस्छ रे”
हाम्रो घरको न्युटन बाबु पढ़न बस्छ रे;
अब हाम्रो न्युटन बाबु पढ़न बस्छ रे।