हाइड्रोजन घाममा हिलियम बन्ने गर्दछ
लीथियम् आयन् बैटरीमा लीथियम पाइने गर्दछ
बेरिलियम पन्नामा ,औँठि लाईछ सानीले
बोरोन बोरोसिलिकेट ग्लासमा हुन्छ जानी रे।
कार्बनले अर्ग्यानिक चीज समस्त
नाइट्रोजन हावामा छ प्रशस्त।
अक्सिजन सास फेर्न ,नत्र बाँच्न गार्हो छ
टूथपेस्टतिर फ्लोरिन,नियन लाइट त प्यारो छ।
खाने नुनमा सोडियम ,स्नायुमा काम छ नि
म्याग्नेसियम पात हरियो, क्लोरोफिलमा हुन्छ नि।
आलुमिनियम भाँडा धेरै हलुका
सिलीकन मोबाइल, ल्याप्टपका चिप।
फस्फोरस हड्डीतिर पाइने
सल्फर : लसुन,अंडा आदि खाइने।
क्लोरीन खाने नुनमा, शुद्ध पार्छ पानीलाई
आर्गन ग्यास इनर्ट छ,बत्ती भित्र भर्छन् है
पोटासियम कहाँ छ रे? भन साबुन, सलाई
क्याल्सियम भन्दामा सम्झ दाँत,दुधलाई