2083_Mathematics Annual Plan Grade 6-8(www rpp com np )

Опубликовано: 19 Май 2026
на канале: Rajendra Pandey
25
1

अनिवार्य गणित विषयको वार्षिक कार्ययोजना (कक्षा ६, ७ र ८) - २०८३
यो कार्ययोजना कक्षा ६ देखि ८ सम्मको अनिवार्य गणित शिक्षणलाई व्यवस्थित, व्यावहारिक र परिणाममुखी बनाउनका लागि शिक्षक राजेन्द्र प्रसाद पाण्डेय द्वारा तयार पारिएको हो। यसमा पाठ्यक्रमको मर्म, उपलब्ध स्रोत सामग्री र आधुनिक शिक्षण पद्धति (मूर्तबाट अमूर्ततर्फ) लाई विशेष ध्यान दिइएको छ।
. कार्यान्वयन सम्बन्धी सामान्य निर्देशनहरू
• लचकता: यो कार्ययोजना स्थानीय बिदा र विद्यालयको विशिष्ट कार्यपात्रो अनुसार सामान्य परिमार्जन र परिवर्तन गर्न सकिनेछ।
• शिक्षण विधि: शिक्षकले सधैं 'ठोस वस्तुबाट अमूर्त धारणा' (Concrete to Abstract) तर्फको शिक्षण विधिलाई अवलम्बन गर्नुपर्नेछ। विद्यार्थी केन्द्रित विधिको रूपमा छलफल, प्रदर्शन र समस्या समाधानलाई प्राथमिकता दिनुपर्छ।
• प्रयोगात्मक तथा परियोजना कार्य: तालिकामा उल्लेखित 'परियोजना कार्य' लाई केवल औपचारिकतामा सिमित नराखी अनिवार्य रूपमा गराउनुपर्नेछ। यसलाई आन्तरिक मूल्याङ्कनको मुख्य आधार बनाउनुपर्छ।
• मूल्याङ्कन: त्रैमासिक र वार्षिक परीक्षाहरूको तालिकालाई कडाईका साथ पालना गर्दै विद्यार्थीको सिकाइ उपलब्धिको नियमित विश्लेषण गरिनुपर्छ।-
विषय शिक्षक: नाम: राजेन्द्र प्रसाद पाण्डेय . हस्ताक्षर: ............................................... मिति: २०८३ बैशाख १५ गते
प्रधानाध्यापक: नाम: ...................................................... हस्ताक्षर: ............................................... मिति: .....................................................
श्री सिद्धनाथ माध्यमिक विद्यालय शुक्लाफाँटा-८,बेलडाँडी,कन्चनपुर
शिक्षण सिकाई क्रियाकलापको चरणमा बिषय बस्तु अनुसारको शैक्षिक सामग्रीको लागि यी आफ्नै वेबसाइट बाट सहयोग लिइने छ !
१. https://www.geogebra.org/u/pandeyraje...
२. https://rpp.com.np/home/