यीनै हुन् युवतीहरुलाई काँटीले घोच्ने युवक

Опубликовано: 17 Июль 2026
на канале: Video Dabali
24
1

काठमाडौं उपत्यकामा युवतीमाथि तिखो वस्तुले श्रृखलावद्ध रुपमा आक्रमण गर्ने युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले आक्रमणमा संलग्न रहेको आरोपमा रामेछापका ३० वर्षीय सन्तोष कार्कीलाई सार्वजनिक गरेको हो ।
प्रारम्भिक बयानका क्रममा आफ्नो अपराध स्वीकार्दै रमाइलोका लागि यस्तो कार्य गरेका बताएका छन् । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार कार्कीले सुई नभएर ढलान किला प्रयोग गरेर युवतीहरुलाई घोच्ने गरेको बयान दिएका छन् । केटीप्रतिको आकर्षणले आफूले यस्तो गर्ने गरेको उनको भनाइ छ ।
उनको साथबाट प्रहरीले युवतीमाथि आक्रमण गर्दा प्रयोग गरेको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल बरामद गरेको छ । प्रहरीसँगको साविती बयानमा कार्कीले भनेका छन्, ‘राति ९ बजेतिर पसल बन्द गरेपछि मोटरसाइलमा घुम्न जान्थें । राम्री युवती देखेपछि ढलानको काँटीले कम्मरमा घोचेर भाग्थें । यस्तो गर्दा निकै रमाइलो लाग्थ्यो । मैले चारजना महिलामाथी काँटीले घोचेको हुँ ।’ कार्की ५ वर्ष दुबई बसेर नेपाल फर्किएका पनि हुन् ।
#NepalPolice #VideoDabali #NeedleAttack
---
This video is authorize by Nepal Plus. You can share this video as you like but don't upload in your valuable channel without our permission. For more information pls contact us
videodabali7 (@) gmail.com